+
Search

ताजा अपडेट +

पपुलर +

मकवानपुरका जनताको विश्वासिलो पात्र बनेको छु : टाकाराज थापा

अरुणा ढकाल
२०७९ कार्तिक ५, शनिबार

काठमाडौं । मकवानपुर क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका युवा नेता टाकाराज थापा ‘सुरेश’ ले आफ्नो चुनावी अभियानलाई तिब्रता दिएका छन् ।

उम्मदवारी दिएसँगै मकवानपुरे जनताको घरदैलो अभियानमा रहेका थापाले स्थानीयहरुसँग प्रत्यक्ष संवाद गर्दै आफ्नो उम्मेदवारी र पार्टीको उदेश्यबारे स्पष्ट पारिरहेका छन् ।

थापाले आफुले चुनावी अभियानको क्रममा मतदाताहरुले नयाँ प्रतिनिधि खोजेको पाएको बताए । जनताले पटक-पटक निर्वाचित गरेर पठाएकाहरुले जितेर गएपछि गाउँ नआउने र गाउँका समस्या जिउँको तीउँ रहेको गुनासो गरेको उम्मेदवार थापाले बताए ।

‘उम्मेदवारी दिएसँगै हाम्रो पार्टी गाउँका विकट विकट क्षेत्रहरुमा पुगिरहेको छ । गाउँको समस्या पहिले र अहिले उस्तै रहेको पायौँ । थापाले भने, पहिले निर्वाचित बनेकाहरुले काम नगर्दा जनताको बेथा उस्तै पायौँ । कतिले त चुनावमा मात्र भोट माग्न आउँने र चुनाव जितेपछि नआउँने गरेकोले होला भोट माग्न जाँदा कुरा सुन्नै चाहेनन् ।’

थापाले आफ्नो राष्ट्रिय स्वतन्त्र पार्टीको लक्ष्य देशलाई भ्रष्टाचार मुक्त र देश परिवर्तन गर्ने रहेको बताउँदै यसपटक जनताले नयाँ पार्टी, विचार र नयाँ उम्मेदवारलाई रोज्ने विश्वास व्यक्त गरे । जनताले नयाँ उम्मेदवारसहित नयाँ विचार खोजेको बताउँदै थापाले आफ्नो पार्टीले ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा राम्रो मत ल्याउँदै निर्वाचित हुने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल