रोनाल्डोबिना खेलेको युनाइटेड चेल्सीसँग रोकियो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेडबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ ।

अन्तिम समयमा दुवै टिमले एक एक गोल गरेका थिए । ८७ औं मिनेटमा चेल्सीका लागि जर्जिन्होले गोल गर्दै अग्रता लिएको थियो ।

तर, अतिरिक्त समयको चौथो मिनेटमा कासेमिरोले गोल फर्काउँद खेल बराबरीमा ल्याएपछि युनाइटेडले राहत महशुस गरेको थियो । चेल्सी चौथो र युनाइटेड पाँचौं स्थानमा छन् । यस खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले भने खेल्न पाएनन् ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्