+
Search

ताजा अपडेट +

पपुलर +

लिखित प्रतिबद्धताबिना मतदाता फकाउँदै उम्मेदवारहरू

अरुणा ढकाल
२०७९ कार्तिक ६, आईतवार

काठमाडौँ । मङ्सिर ४ गते आउन चार हप्ता मात्रै बाँकी रहँदासम्म राजनीतिक दल र तीनका उम्मेदवारहरूले आफ्ना एजेन्डासहितका लिखित प्रतिबद्धता जनतामाझ पु९याउन सकेका छैनन् ।

दुवै गठबन्धनमा सामेल ठूला भनिएका राजनीतिक दलहरूले अझै आफ्ना एजेन्डासहितको घोषणापत्र मतदातामाझ पु९याउन नसकेका हुन् ।

ठूला राजनीतिक दलहरूले नै समयमा आफ्नो पार्टीको घोषणापत्र बनाउन नसक्दा उम्मेदवारहरू मतदातामाझ एजेन्डाविहीन बनेका हुन् । स्थानीय स्तरमा भए गरेका र चुनावपछि गर्ने कामहरूका बारेमा जनतालाई मौखिक रूपमा बुझाउने गरे पनि पार्टी लिखित दस्तावेज नभएपछि आफ्ना एजेन्डाहरू प्रभावकारी हुन सकेका छैनन् ।

अहिलेसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी पार्टी, राप्रपालगायत दलहरूले नै चुनावी अभियानमा जनतालाई देखाउने लिखित प्रतिबद्धतापत्र तयार पार्न भ्याएका छैनन् । खबर आजको नेपालसमाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल