Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

नेपालमा नवनियुक्त अमेरिकी राजदूत कार्यालय नखुल्दै गृह मन्त्रालयमा

Nanu Bhatta
२०७९ कार्तिक ६, आईतवार

काठमाडौँ । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसन सबेरै सिंहदरबार पुग्नुभएको छ । उहाँ गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ताको निम्ति गृह मन्त्रालय पुग्नुभएको बताइएको छ । शिष्टाचार भेटवार्ताको निम्ति उहाँ आज बिहान ८ बजेको समयमा त्यहाँ पुग्नुभएको हो ।

यसअघि राजदूत थम्पसनले गत शुक्रबार राष्ट्रपति विद्यादवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको थियो । लगत्तै उहाँले सिंहदरबार पुगेर परराष्ट्रमन्त्री डा। नारायण खड्का र बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुभएको थियो । अघिल्लो दिन उहाँले परराष्ट्र सचिव भरतराज पौड्यालसँग मन्त्रालयमा पुगेर छलफल गर्नुभएको बताइन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा