क्रिकेट टीमका कप्तान सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राख्ने

काठमाडौँ । नेपाली क्रिकेट टीमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । अदालतले चौथोपटक २ दिन म्याद थपका लागि अनुमति दिएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेश मैनालीले लोकान्तरलाई जानकारी दिए ।

​सन्दीपमाथि १७ वर्षीया किशोरी बलात्कारको आरोप छ । सन्दीपले भदौ ५ गते होटलमा लगेर बलात्कार गरेको आरोप किशोरीले जाहेरीमा लगाएकी छन् । सन्दीप असोज २० गते विदेशबाट फर्किएपछि प्रहरीले उनलाई विमानस्थलबाटै पक्राउ गरेको थियो । सन्दीपले जाहेरीकर्ता युवती १८ वर्षभन्दा माथिको रहेको दाबी गर्दै आएका छन् ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्