Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

आइतबार सुनचाँदीको मूल्य स्थिर

Nanu Bhatta
२०७९ कार्तिक ६, आईतवार

काठमाडौँ। नेपाली बजारमा आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार छापावाला सुनको मूल्य प्रति तोला ९४ हजार रुपैयाँ कायम भएको छ।

शनिबार प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मुल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ। यता, चाँदीको मूल्य स्थिर रहेको छ। शनिबार प्रति तोला १ हजार २१५ रुपैयाँ कारोबार भइरहेको चाँदीको मूल्य आज पनि सोहि मूल्यमा भईरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा