+
Search

ताजा अपडेट +

पपुलर +

चिनियाँ कम्युनिस्ट पार्टीका ७ स्थायी समिति सदस्य

Nanu Bhatta
२०७९ कार्तिक ६, आईतवार

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीको २० औं महाधिवेशनले राष्ट्रपति सी चिनफिङलाई तेस्रो पटक महासचिव चयन गरेको छ । केन्द्रीय कमिटीले दोस्रो नेताको रुपमा ली चियाङलाई चयन गरेको छ ।

आइतबार बसेको पहिलो केन्द्रीय कमिटीको निर्णय सार्वजनिक गर्दै द ग्रेट हल अफ दि पिपुलुमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ राष्ट्रपति सीले ५ वर्षसम्मका नयाँ सहकर्मीहरुको परिचय गरेका थिए ।

जस अनुसार ७ सदस्यीय स्थायी समिति पनि चयन भएको छ । स्थायी समितिमा महासचिव सीसहित ली चियाङ, चाउ लजी, वाङ हुनिङ, चाई ची, तिङ सेसाङ र लि सी रहेका छन् ।

यस्तै, केन्द्रीय सचिवालय सदस्यहरुमा चाई ची, सी टेङफेङ, ली ग्यान्जेई, ली सुलेई, झेन वेनक्विङ, लिई जिङगुवाओ र वाङ झियोङ रहेका छन् । शनिबार सम्पन्न पार्टीको २० औं महाधिवेशनमाले २ सय ५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा