बसुमायाँ तामाङ राष्ट्रिय स्वतन्त्र पार्टीबाट भोट माग्दै

धादिङ । धादिङ प्रतिनीधिसभा क्षेत्र नं। २ बाट उम्मेदवारी दिएकी बसुमायाँ तामाङ जिल्लाका ठुला पार्टीका टप नेताहरु एमालेका खेम प्रसाद लोहनी र सत्ता गठबन्धनबाट कांग्रेसका रामनाथ अधिकारी सँग चुनावी मैदानमा छिन् ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनीधिसभा क्षेत्र नं। २ को उम्मेदवार बसुमायाँ तामाङ यतिबेला घरदैलो अभियानमा रहेको धादिङपोष्टलाई बताईन् । निर्वाचन नजिकि सक्यो सबै जनताको घरघर पुग्न सम्भव छैन सके सम्म टोल बस्तीमा पुगेर आफ्नो चुनाव चिन्ह घण्टी प्रचार प्रसार गरिरहेको उनि बताउँछिन् ।

यता एमाले उम्मेदवार खेम लोहनी र कांग्रेसका उम्मेदवार रामनाथ अधिकारी पनि जितका लागि आक्रामक रुपमा तयारी गरिरहेका छन् । धादिङको क्षेत्र नं। २ को भन्दा २ को चुनाव यस अघिका चुनावहरुमा पनि कडा प्रतिस्पर्धा भएको थियो ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्