+
Search

ताजा अपडेट +

पपुलर +

भ्रष्टाचार निर्मूल पार्नु आफ्नो पहिलो दायित्वः प्रकाशमान सिंह

Nanu Bhatta
२०७९ कार्तिक ६, आईतवार

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भ्रष्टाचार निर्मूल गर्नुपर्ने नागरिकको चाहना पूरा गर्ने आफ्नो पहिलो दाहित्व भएको बताउनु भएको छ।

काठमाडौँ आइतबार आयोजित चुनावी कार्यक्रममा बोल्दै नेता सिंहले व्याप्त भ्रष्टाचार निर्मूल गर्ने र सुशासन कायम गर्दै देश निर्माण आफ्नो पहिलो दायित्व रहेको बताउनु भयो ।

‘प्रशासनिक प्रक्रियामा झन्झटिलो छ । समयमा केही काम नहुने, जहाँ सुकै भनसुन चाहिने यस्तो अवस्थाको अन्त्य गर्नु मेरो पहिलो प्राथमिकता हो,’ उहाँले भन्नुभयो ।

राजनीति अस्थिरताका कारण मुलुकको समस्याको जहाँको त्यहीँ रहेकाले राजनीति स्थायित्वले मात्र सुशासन र विकास निर्माणको प्रक्रियामा अगाडि बढ्ने भन्दै नेता सिंहले काठमाडौंमा देखिएको खानेपानी, फोहोर व्यवस्थापन ट्राफिक जामलगायता न्युनतम आधारभूत समस्याको समाधानका लागि काम गर्ने योजनासहित आफू फेरि जनतामाझ आएको बताउनु भयो ।

प्रतिक्रिया

लेखकको बारेमा