+
Search

ताजा अपडेट +

पपुलर +

टी–२० विश्वकपः पाकिस्तानद्वारा भारतलाई १६० रनको लक्ष्य

Nanu Bhatta
२०७९ कार्तिक ६, आईतवार

काठमाडौँ ।अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानले भारतलाई जितका लागि १ सय ६० रनको लक्ष्य प्रस्तुत गरेको छ। मेलवर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५९ रन बनाउन सक्यो।

पाकिस्तानका लागि सन मसुदले सर्वाधिक ५२ रनको अविजिति इनिङ खेल्दा इफ्तिखर अहमदले ५१ रनको अर्धशतकीय इनिङ खेले। इफ्तिखरले ३४ बलमा ५१ रनको इनिङ खेल्दा २ चौका र ४ छक्का प्रहार गरेका थिए।

तर यी दुई खेलाडीबाहेक क्रिजमा आएका अन्य कुनै पनि खेलाडी गतिलो प्रदर्शन गर्न सकेनन्। ७ खेलाडी दोहोरो रनको स्कोर नबनाइ पेभिलियन फर्कीएका थिए। थप दोहोरो रनको स्कोरका रुपमा शाहिन साह अफ्रिदीको १६ रन रह्यो। उनले ८ बलमा १६ रन बनाएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा