Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

जनताको आँखामा सधैं छारो हाल्ने काम भयो

Nanu Bhatta
२०७९ कार्तिक ६, आईतवार

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मकवानपुर क्षेत्र नंबर १ का उम्मेद्वार टाकाराज थापा ‘सुरेश’ ले स्वतन्त्र पार्टीको उम्मेद्वार बिरुद्ध भ्रम छरेको आरोप लगाएका छन् । नयाँ उत्साह सहित जनतामाझ पुगेको राष्ट्रिय स्वतन्त्र पाटीबारे अनावश्यक भ्रम छरिएको भन्दै उनले दुख ब्यक्त गरेका छन् । स्वतन्त्र पार्टीको तर्फबाट एकजनालाई समर्थन हुन्छ लगाएतको विषय भन्दै हिडेको भन्दै त्यस्ता भ्रमबाट मुक्त हुनको लागि उनले आम मतदातासँग अनुरोध गरेका छन् ।

जनताले अब बैकल्पिक शक्ति चाहेको र स्वतन्त्र पार्टी प्रति विश्वास बढाउँदै गएको सन्र्दभमा केहि ठुला साना दलका उम्मेद्वारहरु आफुहरु विरुद्ध भ्रम छर्दै हिडेको पाएको उनले बताए । रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टिमा मतदान गरि विजयी गराउने उनले अनुरोध समेत गरेका छन् । आफुहरु नियमित काममा रहेको भन्दै भ्रमबाट मुक्त हुँदै स्वतन्त्र पार्टीका उम्मेद्वारलाई विजयी गराउन समेत उनले अनुरोध गरे ।

प्रतिक्रिया

लेखकको बारेमा