तिनाउ नदीले बगाउँदा बालकको मृत्यु

काठमाडौं । पाल्पाको दोभानमा तिनाउ नदीले बगाउँदा ३ वर्षीय बालकको मृत्यु भएको छ । तिनाउ वडा नं.  २ का खेमबहादुर सारुका ३ वर्षीय छोरा मायुस सारुको तिनाउ नदीले बगाउँदा आइतबार दिउँसो पौने २ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको हो । दिदी भाइ नुहाउन तिनाउ नदीमा गएको थिए ।

नदीले बगाएर सारुलाई डेढ किलोमिटर तल पुर्याएको थियो । बालक सारुलाई उपचारको लागि बुटवल लगेपनि डाक्टरले मृत घोषणा गरेको पाल्पा प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्