+
Search

ताजा अपडेट +

पपुलर +

पाँचथरमा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने

Nanu Bhatta
२०७९ कार्तिक ६, आईतवार

काठमाडौँ । पाँचथरमा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षामा प्रभाव पर्ने भन्दै रातको समय देउसीभैलो खेल्न प्रतिबन्ध लगाएको हो ।

आइतबार जिल्ला प्रशासन कार्यालय पाँचथरमा भएको सर्वपक्षीय भेलामा प्रमुख जिल्ला अधिकारी गणेश गैरेले निर्वाचन नजिकिरहेका बेला रातभर देउसीभैलो खेल्दा शान्ति सुरक्षामा प्रभाव पर्ने भन्दै समयसीमा तोक्न प्रस्ताव गरेका थिए ।

गैरेकै प्रस्तावमा जिल्लास्थित सुरक्षा प्रमूखहरू, राजनीतिक दल,नागरिक समाज र संघ सस्थाका पदाधिकारीले सहमति जनाएसँगै यो निर्णय कार्यान्वयनमा आउने भएको हो ।

देउसीभैलोसँगै जिल्लामा सञ्चालन भइरहेका होटलहरू पनि बिहान ५ देखि राति ९ बजेसम्म सञ्चालन गर्ने सहमति भएको छ । शान्ति सुरक्षामा नकरात्मक प्रभाव नपरोस भन्दै यस्तो कदम चालिएको प्रजिअ गैरेले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा