बबई नदीमा बेपत्ता दुई युवती मृत फेला

काठमाडौँ । दाङको बबई नदीमा नुहाउन गएका बेला हिजो दिउँसो बेपत्ता भएका दुई किशोरी आज बेलुकी मृत अवस्थामा फेला परेका छन् ।

डुबेको ठाउँदेखि झन्डै डेढ किलोमिटरको दूरीमा करिब १० मिटर गहिराइमा दुई जनाको शव एकै ठाँउमा घोप्टो परेको अवस्थामा फेला परेको वडा अध्यक्ष खत्रीले जानकारी दिनुभएको छ ।  दुवैजना नुहाउने क्रममा शनिवार दिउसो डुबेर बेपत्ता भएका थिए ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्