+
Search

ताजा अपडेट +

पपुलर +

गोरखा अस्पतालका डाक्टरमाथि हातपात

Nanu Bhatta
२०७९ कार्तिक ६, आईतवार

काठमाडौं । बिरामीका आफन्तले गोरखा अस्पतालका चिकित्सक कुटेका छन्। आइतबार दिउँसो साँढे चार बजेतिर बिरामीको चेकजाँच गरिरहेका डाक्टर अविनाश पराजुलीमाथि कुटपिट गरेको स्वास्थ्यकर्मी चिजकुमार श्रेष्ठले जानकारी दिए। अपरिचित तीनजना युवाहरू ओपीडी कक्षभित्र प्रवेश गरी बिरामीलाई बाहिर निकाली ढोकामा चुकुल लगाएर कुटपिट गरी भागेु, श्रेष्ठले भने। घटनापछि बसेको अस्पताल व्यवस्थापन समितिको बैठकबाट निर्णय गरी यथाशीघ्र दोषीलाई पक्राउ गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको छ।

अस्पतालभित्र प्रवेश गरी ड्युटीमा रहेका चिकित्सकमाथि आक्रमण भएको घटनाप्रति अस्पताल व्यवस्थापन समितिले घोर भत्र्सना गरेको छु, समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठले भने, यथाशीघ्र दोषीलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छौँ। घटनामा संलग्न रहेकाहरूको पहिचान भइसकेको प्रहरीले जनाएको छ। साथै उनीहरू फरार रहेकाले नाम सार्वजनिक गर्न नमिल्ने प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा