+
Search

ताजा अपडेट +

पपुलर +

लोड सेडिङबारे सोच्नै पर्दैन, तिहारमा विद्युत बढी भएर खेर जान्छ : विद्युत प्राधिकरण

अरुणा ढकाल
२०७९ कार्तिक ६, आईतवार

काठमाडौँ । केही वर्षअघिसम्म लक्ष्मी पुजाको दिन पनि विद्युत कटौति हुन्थ्यो। चारै तिर झिलिमिलि हुने पर्वको रुपमा रहेको तिहार अन्धकार बन्दा सबैलाई नमज्जा लाग्थ्यो नै। तर अहिले विद्युत कटौतिको युग सकिएको छ।

विद्युत बढी प्रयोग गर्न प्राधिकरणले आह्वानसमेत गर्दै आएको छ। प्राधिकरण भन्छ, ‘यो वर्षको तिहारमा त विद्युत कटौति हुने हैन, धेरै विद्युत प्रयोग नभएर खेर जानेवाला छ।’

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार यो वर्षको तिहारमा जति उत्पादन हुन्छ, त्यसमा ६ सय मेगावाट हाराहरीमा विद्युत प्रयोग नै हुने स्थिति छैन।

उनी भन्छन्, ‘सबै विद्युत गरेर अहिले १९ सय मेगावाटा दैनिक उत्पादन छ र तिहारमा धेरै विद्युत प्रयोग भयो भने साढे १२ सयदेखि १३ सय मेगावाटसम्म मात्रै हुन्छ। त्यो पनि निर्यातसम्म जोडेर हो।’

यो समयमा उद्योगधन्दाहरु धेरै चल्दैन। त्यसकारणले गर्दा विद्युतको माग नै कम हुने देखिन्छ। विदा मनाउन उद्योग कलकारखानाहरु बन्द हुन्छन्। तयसले गर्दा उत्पादिन विद्युत खपत कम भएर खेर जाने आकलन विद्युत प्राधिकरणको छ।

भट्टराई भन्छन्, ‘लोडसेडिङ तथा विद्युत जोहो छ वा छैन भरेर सोच्नु नै पर्दैन प्रयोग नभएर खेर जाने निश्चत छ।’ दसैँको समयमा पनि दैनिक ७ सय मेगावटा विद्युत खेर गएको प्राधिकरणको भनाई छ।

दसैँमा उत्पादिन विद्युतमध्ये ३६४ मेगावटा विद्युत भारत निर्यात भयो। १९ सय मेगावटा हाराहरीमा उत्पदान थियो। तर विदाको कारण प्रयोग स्वाट्टै घट्यो। त्यसकारण दसैँमा सबै गरेर दैनिक ७ सय मेगावाटा विद्युत प्रयोगविहीन नै रह्यो

तिहारमा पनि दसैँको भन्दा १ सय मेगावटा कम अर्थात् ६ सय मेगावाट विद्युत उपयोग बाहिर जाने सम्भावना रहने आकलन प्राधिकरणले गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल