Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

लामिछानेमाथि १२ वर्षको कैद सजाय माग

अरुणा ढकाल
२०७९ कार्तिक ७, सोमबार

काठमाडौं । नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेमाथि १२ वर्षसम्म कैद सजाय माग दाबी गरिएको छ ।

राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान लामिछानेमाथि नेपाल प्रहरीले १२ वर्षसम्म कैद सजाय माग दाबी गर्दै अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेश गरेको छ ।

लामिछानेलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २ सय १९ बमोजिम १० देखि १२ वर्षसम्म कैद र पीडितलाई 'यथोचित क्षतिपूर्ति' भराउन प्रहरीले मागदाबी गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल