Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

नापोलीले इटालियन सिरी ए मा ३ अंकको अग्रता

Nanu Bhatta
२०७९ कार्तिक ७, सोमबार

काठमाडौँ । रोमालाई १—० अन्तरले पराजित गर्दै नापोलीले इटालियन सिरी ए मा तीन अंकको अग्रता बनाएको छ। आइतबार राति भएको खेलमा भिक्टोर ओसिमहेनले निर्णायक गोल गरे। ८० औं मिनेटमा भिक्टोरले गरेको गोलमा नापोलीले तीन अंकको अग्रता बनायो। घरेलु मैदानमा रोमाले खेलमा फर्कने निकै प्रयास गरेपनि सफल हुन सकेन।

जितसँगै नापोली ११ खेलबाट २९ अंक सहित शीर्षस्थानमा छ। रोमा समान खेलबाट २२ अंक सहित पाँचौ स्थानमा छ। समान खेलबाट २६ अंक रहेको एसि मिलान दोस्रो स्थानमा छ।

प्रतिक्रिया

लेखकको बारेमा