+
Search

ताजा अपडेट +

पपुलर +

सार्वजनिक स्थानमा फोहोर फाल्नेमाथि महानगरको कारबाही

Nanu Bhatta
२०७९ कार्तिक ७, सोमबार

काठमाडौं। काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा अनधिकृत रुपमा फोहोर फाल्नेमाथि कारबाही अगाडि बढाएको छ । महानगरले अनुगमनका लागि नगरप्रहरी र कर्मचारीको टाली पनि खटाएको छ ।

महानगरपालिकाका, नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टका अनुसार रातिको मौका छोपी सडकका चोक र गल्लीमा फोहोर फाल्ने २० जनामाथि कारबाही गरिएको छ । फोहोरको मात्रा र प्रकृतिअनुसार कम्तीमा १ हजारदेखि बढीमा २५ हजार रुपैयाँसम्म जरिवाना रकम तोक्ने गरिएको छ ।

महानगरले फोहोर फाल्नेमाथि जरिवाना गरेर मात्र ४ लाख ५ सय रुपैयाँ जरिवाना रकम संकलन गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा