काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा एक अर्ब ५७ करोड रुपैयाँ नाफा गरेको छ । नबिल बैंकले गएको असार मसान्तमा नेपाल बंगलादेश (एनबी) बैंकलाई गाभेको थियो । गत वर्ष पहिलो त्रैमासमा नबिल बैंकको नाफा एक अर्ब १२ करोड रुपैयाँ थियो । नबिलले तीन महिनामा ब्याज आम्दानी तीन अर्ब ६७ करोड रुपैयाँ गरेको छ । अघिल्लो वर्ष दुई अर्ब २४ करोड रुपैयाँ थियो । १३.११ प्रतिशत पुँजीकोष रहेको नबिल बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड छ । नबिल बैंकले असोज मसान्तसम्म तीन खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर तीन खर्ब ५ अर्ब कर्जा दिएको छ । गत वर्ष असोज मसान्तमा नबिलको निक्षेप तीन खर्ब २६ अर्ब थियो । कर्जा तीन खर्ब एक अर्ब थियो । बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेको छ । अघिल्लो वर्ष एनपीएल १.१३ प्रतिशत रहेको नबिलको एनपीएल अहिले २.३३ प्रतिशत छ ।
बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९०.३७ प्रतिशत छ । असोज मसान्तसम्म नबिलको कर्जाको न्यूनतम आधार दर (बेसरेट) ९.४५ प्रतिशत छ । अघिल्लो वर्ष असोज मसान्तमा ६.११ प्रतिशत थियो । ब्याजदर अन्तर (स्प्रेड) ४.०३ प्रतिशत छ । अघिल्लो वर्ष ३.१८ प्रतिशत थियो । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २७ रुपैयाँ छ ।
प्रतिक्रिया