काठमाडौं । निर्वाचन आचारसंहिता उलंघन गर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवा अग्रपंतिमा देखिएका छन् । निर्वाचन आयोगले उम्मेदवार र राजनीतिक दलका नेताहरुलाई हवाईजहाज वा हेलिकोप्टर प्रयोग गर्न रोक लगाएको छ । तर, आइतबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासहित पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, रामचन्द्र पौडेललगायतका नेता नेपाली सेनाको जहाज लिएर धनगढी र सुर्खेत पुगेका थिए ।
काठमाडौंबाट नियमित उडान हुने स्थानमा समेत प्रधानमन्त्रीसहितका गठबन्धन नेताहरु सेनाको हेलिकोप्टर र जहाज लिएर गएपछि चिर्वाचन आरसंहिता उलंघनमा गठबन्धनका नेताहरु नै अघि देखिएका हुन ।
प्रतिक्रिया