+
Search

ताजा अपडेट +

पपुलर +

लोकतन्त्रको रक्षा र सुशासनका लागि वाम गठबन्धन: डा भट्टराई

Nanu Bhatta
२०७९ कार्तिक ७, सोमबार

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले जनताले लडेर ल्याएको लोकतन्त्रको रक्षा गर्दै सुशासन र समृद्धिको दिशामा मुलुकलाई अगाडि बढाउनका लागि वर्तमान वाम लोकतान्त्रिक गठबन्धन बनेको स्पष्ट पार्नुभएको छ ।

डा। भट्टराईले वाम लोकतान्त्रिक गठबन्धनको वाग्मती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै एउटा आधार र राजनीतिक लक्ष्यसहित गठबन्धन तयार भएकाले कुनै दुविधा राख्न नहुने बताउनुभयो ।

सुशासन र समृद्धिसहित अगाडि बढ्ने लक्ष्यका साथ आफूहरु अगाडि बढेको उल्लेख गर्दै उहाँले राजनीतिक परिवर्तनपछि स्थापना भएका संस्थालाई बलियो बनाउँदै भ्रष्टाचारको अन्त्य गर्ने लक्ष्य राखिएको स्पष्ट पार्नुभयो ।

विकासको नयाँ मोडल तयार पार्नुपर्छ भन्ने विषयमा गठबन्धनका बीचमा साझा सहमति रहेको जानकारी दिँदै उहाँले आर्थिक, सामाजिक र राजनीतिक विषयमा साझा मत समेत बनाइएको बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा