भारतीय मुलका ऋषि सुनक बेलायतका नयाँ प्रधानमन्त्री बन्ने सम्भावना बलियो

लन्डन । बेलायती पूर्वप्रधानमन्त्री बोरिस जोन्सनले कन्जरभेटिभ पार्टीको नेतृत्व प्रतिस्पर्धाबाट हात झिकेपछि ऋषि सुनक नयाँ प्रधानमन्त्री बन्ने सम्भावना बढेको छ ।पार्टी नेताको प्रतिस्पर्धाका लागि आवश्यक पर्ने संसदको समर्थन जुटेको दाबी गरे पनि जोन्सनले आफू प्रतिस्पर्धा नगर्ने निर्णय गरेको बताए ।

जसले आन्तरिक प्रतिस्पर्धामा अग्रपंक्तिमा रहेका सुनकको सम्भावना बढाएको हो । आफूले गरेको प्रतिबद्धताअनुसार अर्थतन्त्र सुधारका लागि काम गर्न नसकेको भन्दै गत साता प्रधानमन्त्री लिज ट्रसले पद छाड्ने घोषणा गरेकी थिइन् ।

प्रधानमन्त्री बनेको ४५ दिनमै ट्रसको राजिनामा दिने घोषणपछि दलको नयाँ नेता छान्ने प्रक्रिया सुरु भएको थियो । विभिन्न विवादमा परेको कारण जोन्सनले राजीनामा दिएपछि पार्टी नेताका लागि ट्रस र सुनकबीच प्रतिस्पर्धा भएको थियो । जसमा ट्रसले सुनकलाई पराजित गरेकी थिइन् । बेलायतको पूर्व अर्थमन्त्री ४२ वर्षीय सुनक भारतीय मूलका बेलायती हुन् । अर्थतन्त्रलाई गति दिन भनेर ल्याएको कार्यक्रमले संकट उत्पन गराएपछि ती निर्णयहरु फिर्ता लिँदै ट्रसले राजीनाको घोषणा गरेकी थिइन् ।

सत्ताबाट बाहिरिएको २ महिना पनि नपुग्दै पुन प्रधानमन्त्री हुने दौडमा सहभागी हुन चाहेका जोन्सनलाई ५७ जना सांसदले सार्वजनिक रुपमा समर्थन गरेका थिए । जो्नसनले आफूलाई १ सय २ सांसदको समर्थन रहेको दाबी गरे । नेतामा प्रतिस्पर्धाका लागि १ सय सांसदको समर्थन आवश्यक पर्ने थियो । जोन्सनको घोषणपछि सुनकले उनको प्रशंसा गरेका छन् । सुनकले देशलाई जोन्सनले कठिन समयमा नेतृत्व गरेको बताए ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्