काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली हिटलर शैलीमा हिँडेको भन्दै उनी आफै समाप्त हुने बताएका छन् । सत्ता गठबन्धन दलले बागमति प्रदेशस्तरीय संयुक्त भेलालाई काठमाडौंमा सोमबार सम्वोधन गदैं अध्यक्ष नेपालले हिटलर पनि सुरुमा जनतामा भम पारेर केही पपुलर जस्तो देखिन खोजेपनि आफै समाप्त भएर गएको उदाहरण दिँदै ओली पनि त्यसैगरी समाप्त हुने बताए ।
काठमाडौंमा गठबन्धनको औचित्यका बारेमा प्रकाश पारिरहनु पर्ने अवस्था नरहेपनि कतिपय भ्रमहरु फैलाइएकोले त्यसलाई तथ्य र वास्तविकताका आधारमा प्रष्ट पार्नुपर्ने आवश्यकता भने रहेको अध्यक्ष नेपालले बताए ।
कतिपय तिक्तताहरु रहेपनि गठबन्धनको औचित्यताका लागि पनि गठबन्धनका उम्मेदवारलाई मत दिन उनले अपिल गरे । उनले संयुक्त अभियान जारी रहने भन्दै गठबन्धनका साझा उम्मेदवारलाई विजयी बनाउनु पर्ने बताए । साझा उम्मेदवारलाई जिताउन नसके प्रतिगमनकारीहरुको मनोबल बढने भन्दै त्यसतिर सोच्न नेपालले आग्रह गरे ।
हामीले गठबन्धनको साझा उम्मेदवारलाई जिताउन सकेनौँ भने प्रतिगमनकारीको मनोबल बढ्छ। हामीले स्वच्छ भावनाका साथ गठबन्धन गरेका छौँ। ०७४ सालमा दुई वटा कम्युनिष्ट पार्टीहरूलाई झण्डै दुईतिहाइको मत दिएका थिए।
प्रतिक्रिया