+
Search

ताजा अपडेट +

पपुलर +

हामीले जनताको आर्थिक परिवर्तन र सुशासन दिन नसकेकै होः प्रचण्ड

Nanu Bhatta
२०७९ कार्तिक ७, सोमबार

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक १५ वर्षपछि जनतामा नैराश्यता आउनुमा राजनीतिक नेतृत्व नै दोषी रहेको बताउनुभएको छ । हरेक सफल क्रान्तिपछिका १०–१५ वर्षको बीचमा जनतामा नैराश्यता आउनुमा जनताको आर्थिक अवस्था र सुशासन दिन नसक्नु प्रमुख कारण रहेको बताउनुभएको हो ।

अध्यक्ष दाहालले राजनीतिक आन्दोलनले देशमा ठूला परिवर्तन ल्याएको भन्दै राजनीतिक दलहरुले जनताका एजेण्डालाई प्रमुख बनाउन नसक्दा सुशासन कायम हुन नसकेको बताउनुभयो । उहाँले ठूला परिवर्तन भएको १० _१५ वर्षपछि राजनीतिक परिवर्तन र राजनीतिक एजेण्डाहरु बिस्तारै कमजोर हुँदै जाने खतरा देखापर्दै आएको उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले अहिले पनि उकथरी मानिसहरु राजनीतिक दल र नेताहरुलाई गाली गर्दै आइरहेको भन्दै उनीहरु देशलाई पुनः अन्धकारको सुरुङतिर लैजान लागिपरेको बताउनुभयो । उहाँले राजनीतिक परिवर्तनसँगै आर्थिक क्रान्ति, आर्थिक परिवर्तन एवं सुशसाको प्रत्याभुति जनतालाई दिलाउन नसक्नुले देश अस्थिरतामा गइरहेको जिकिर गर्नुभयो । उहाँले राजनीतिक नेतृत्व क्रान्ति गर्न सिपालु भएपनि जनतालाई त्यसमा समावेश गरी क्रान्तिलाई सफल बनाउने कुरामा कमजोर रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिक आन्दोलनले परिवर्तनलाई ल्याएका पनि छन् । चाहे ७ सालको कुरा गरौँ, चाहे ४६ सालको कुरा गरौँ । वा ३६ साल वा २०६२–०६३ सम्म आउँदाको क्रान्तिको कुरा गरौँ । यी सबै ठूला परिवर्तन सम्भव भए ।

प्रतिक्रिया

लेखकको बारेमा