नेदरल्याण्ड्सलाई पराजित गर्दै बंगलादेशको पहिलो खेलमै जित

काठमाडौं । अष्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटमा बंगलादेशले पहिलो खेलमै जित दर्ता गराएको छ।

सुपर १२ को समूह २ अन्तर्गत सोमबार भएको खेलमा नेदरल्याण्ड्सलाई ९ रनले पराजित गर्दै बंगलादेशले पहिलो खेलमै जित हात पारेको हो। बंगलादेशले दिएको १४५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले अन्तिम बलका सबै विकेट गुमाउँदै १३५ रनमात्र बनाउन सक्यो।

नेदरल्याण्ड्सका लागि कोलिन अकेरमन सर्वाधिक ६२ रन बनाए पनि आफ्नो टोलीलाई जिताउन सकेनन्। बंगलादेशका टस्किन अहमदले ४, हसन महमुदले २ तथा कप्तान साकिब उल हसन र सौम्य सरकारले समान १/१ विकेट लिएपछि नेदरल्याण्ड्स लक्ष्यमा पुग्न सकेन।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको थियो। बंगलादेशका लागि आफिफ होसेनले सर्वाधिक ३८, नजमुल होसेन शान्तोले २५ तथा मोसाडेक होसेनले अविजित २० रन बनाएका थिए। नेदरल्याण्ड्सका लागि बास डी लिडी र पल भान मिक्रनले समान २र२ विकेट लिएका थिए।

जितसँगै बंगलादेश २ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। समान अंक भएको भारतभन्दा बंगलादेश नेट रनरेटले अगाडि छ। पराजित नेदरल्याण्ड्स भने १ खेलमा अंकविहीन रहँदै अन्तिम स्थानमा रहेको छ। सोमबार नै जिम्बावे र दक्षिण अफ्रिकाबीच खेल हुनेछ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्