काठमाडौँ । बाढीपहिरोले जुम्लामा मार्सीधानका फाँटसमेत बगेका छन् । मानवीय क्षति, मूल सडकदेखि घर तथा बस्ती जोखिम भएकाले धानबालमिा भएको क्षति यकिन गरिएको छैन ।तर पाक्नै लागेका धानका फाँट बगेपछि किसानलाई ठूलो समस्या भएको छ । यसपटक भोकमरी हुने डर भएको हिमा गाउँपालिका–१ बड्कीका लालबहादुर शाहीले बताए । सिंजा क्षेत्रमा धानवालीसहित, सिमी, मकै, कोदो र बर्खेबालीमा यसपटकको भारी वर्षाले क्षति पुर्याएको छ ।
कनकासुन्दरी–५ निवासी उपेन्द्र न्यौपानेका अनुसार १९ देखि २६ असोजसम्म पानीको सतह बढेपिछि सिंजा क्षेत्रको कनकासुन्दरीमा कुउलापाटा, लासी खेती, तल्लो दियार ज्यूलो, बाधंगागा ज्यूलो, धिमीचौर ज्यूलामा धानसहित खेतमा समेत क्षति पुगेको छ ।
प्रतिक्रिया