काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले अब सरकारले नागरिकको अवस्था परिवर्तन गर्न योजना बनाएर अघि बढ्ने बताएका छन् ।
नेपाल महिला संघ बुटवल उपमहानगरपालिकाले सोमबार सेमलारमा गरेको कार्यक्रममा लामो संघर्षपछि राजनीतिक व्यवस्था परिवर्तन भए पनि अहिलेसम्म नागरिकको अवस्था परिवर्तन गर्न नसकिएको बताएका हुन् । अब सरकारले नागरिकको अवस्था परिवर्तन गर्ने योजना ल्याउनमा ध्यान केन्द्रित गर्ने बताए ।
मंसिर ४ गतेको निर्वाचनमा रुपन्देही ३ बाट पाँच दलीय गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनु भएका गृहमन्त्री खाणले नागरिकको अवस्था परिवर्तन गर्न बलियो सरकार आवश्यक हुने बताए । निर्वाचनमा बलियो सरकार बनाउने गरि सिट जित्नका लागि पाँच दलीय गठबन्धन गरिएको उनको भनाइ थियो ।
कर्णाली, दलित, महिला, जनजाति र मधेसीको हक अधिकारका बारेमा संसद्मा वकालत गर्न कानुनमै उनीहरूको निश्चित सिट छुट्टाइएकोले संविधानसभाबाट जारी संविधान समावेशीताको हकमा उत्कृष्ट रहेको बताए ।
प्रतिक्रिया