+
Search

ताजा अपडेट +

पपुलर +

राजनीतिक दलले चुनावमा गर्ने खर्चको निगरानी गर्न अख्तियारलाई पत्र

Nanu Bhatta
२०७९ कार्तिक ७, सोमबार

काठमाडौं । राजनीतिक दलहरुको चुनावी खर्चको निगरानी गर्न निर्वाचन आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग गुहार मागेको छ । चुनाव प्रचारप्रसारका क्रममा सरकारी अधिकारीहरुले गर्ने हेलिकप्टर प्रयोग र अन्य खर्चको निगरानी गर्न निर्वाचन आयोगमा पत्र पठाएर खर्चलाई निगरानी गर्न पत्र पठाएको हो । राजनीतिक दलहरुबाट सरकारी स्रोतसाधन दुरुपयोग गर्न सक्ने भएकाले सोमबार बसेको निर्वाचन आयोगका पदाधिकारीहरुको बैठकले अख्तियारलाई निगरानी गर्न पत्र पठाएको हो ।

निर्वाचन आयोगले अख्तियारमा पठाएको पत्रमा भनिएको छ, ‘निर्वाचन प्रचार प्रसारका सन्दर्भमा सरकारीस्रोत साधन हेलिकप्टर तथा अन्य साधन समेत प्रयोग गर्नु निर्वाचन आचारसंहिताको प्रतिकूल हुनुको साथै यदि अख्तियारको दुरुपयोग भएको हो भने आवश्यक निगरानी तथा अनुसन्धान गरीदिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गरी पठाउने ।’

निर्वाचन आयोगले गत ३१ असोजमा राजपत्रमा एक सूचना प्रकाशित गरेर राजनीतिक दलका उम्मेद्वारहरुको खर्च सीमा तोकिएको छ । सोहि सिमाभन्दा बाहिर गएर राजनीतिक दलहका नेताहरुले खर्च गरेको भन्दै निर्वाचन आयोगले प्रधानमन्त्री, विभिन्न राजनीतिक दलको उच्च नेतृत्वमा रहेका व्यक्ति तथा मन्त्रीहरू समेतले हेलिकप्टर सेवा प्रयोग गरेको विषयमा चासो देखाएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा