आईफोनद्वारा नयाँ अपडेट सार्वजनिक

काठमाडौँ । अमेरिकी प्राविधिक कम्पनी एप्पलले आईफोन र आईप्याडका लागि आज नयाँ अपडेट सार्वजनिक गर्ने भएको छ । एप्पलले आईओएस १६.१ र आईप्याड ओएस १६ सार्वजनिक गर्न लागेको हो । यस्तै, एप्पलले नयाँ आइप्याड सार्वजनिक गर्नुअघि नयाँ अपडेट सार्वजनिक गर्न लागेको हो । एप्पलले यसै साता नयाँ ट्याबलेट सार्वजनिक गर्दैछ । नयाँ अपडेटमा शेयर फोटो लाइब्रेरी, क्लिन एनर्जी चार्जिङ, फिटनेस विथाउट वाच, स्टेज म्यानेजर जस्ता सुविधा उपलब्ध हुने जनाइएको छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्