+
Search

ताजा अपडेट +

पपुलर +

कसरी गर्ने लक्ष्मी पूजा ? यस्तो छ विधि

Nanu Bhatta
२०७९ कार्तिक ७, सोमबार

काठमाडौँ । आज लक्ष्मी पूजा । आफ्नो घरमा लक्ष्मीको बास होस् वा वर्ष भरी कृपा भइरहोस् भनेर पनि लक्ष्मी पूजा सबै हिन्दु धर्मावलम्बीले विशेष ढङ्गले र धेरै विधि पु¥याएर पूजा गर्ने गर्छन् । यसरी लक्ष्मीको विशेष पूजा गर्दा वर्षभरि नै धन प्राप्ति होस् भन्ने भक्तको मनोकामना रहेको हुन्छ । त्यसैले यहाँ लक्ष्मी पूजा गर्ने तरिकाबारे प्रस्तुत गरिएको छ स्

– लक्ष्मी पूजाको दिन आफ्ना पितृहरूलाई पनि भोग अवश्य लगाउनुहोस् । लक्ष्मी पूजाको दिन औँसी पर्ने हुनाले यो तिथिमा पितृलाई भोग दिँदा पितृको आशीर्वाद प्राप्त गर्ने विशेष दिन मानिन्छ ।

– ज्योतिष मान्यता अनुसार लक्ष्मी पूजाको दिन महायन्त्र वा श्रीयन्त्र वा कुबेर यन्त्रलाई विधि पु¥याएर स्थापना गर्ने हो भने धन सम्पत्तिमा वृद्धि हुन्छ । यसरी स्थापना गरेको यन्त्रलाई नियमित रूपमा पूजा गरिरहनु पर्छ ।

– लक्ष्मी पूजाको दिन घर परिवारमा सुख समृद्धि प्राप्त गर्न काँचो कालो बेसारको पूजा गरेर त्यसमा सिन्दूर लगाएर रातो कपडामा बाँधेर चाँदीको सिक्काको साथमा धन राख्ने स्थानमा राख्नु पर्छ । यसो गर्नाले माता लक्ष्मीको कृपा परिरहन्छ भन्ने छ ।

– लक्ष्मी पूजाको दिन लक्ष्मीको पूजा गर्दा ११ वटा कौडालाई पहेँलो रङ्ग लगाएर लक्ष्मीसँगै पूजा गर्नुहोस् । पूजा गरेपछि उक्त कौडालाई पहेँलो कपडामा पोको पारेर आफूले मूल धन राख्ने गरेको स्थानमा लगेर राख्नु पर्छ । यसरी राख्दा धन लाभ हुन्छ भन्ने छ ।

– लक्ष्मी पूजाको दिन माता लक्ष्मी र गणेशको पूजा गर्दा श्रीयन्त्र र दक्षिण मुख भएको शङ्खलाई पनि साथै राखेर पूजा गर्दा लक्ष्मीको उक्त घरमा बास हुन्छ भन्ने मान्यता रहेको छ ।

– लक्ष्मी पूजाको दिन बिहान चनाको दाललाई भिजाएर राख्नुहोस् । उक्त भिजाएको दालमा दिउँसो सख्खर मिलाएर स–साना कन्याहरूलाई बाँड्नुहोस् । यसलाई मन्दिरमा लगेर दान दिन पनि सक्नु हुन्छ । यो कार्य गर्नाले माता लक्ष्मीको कृपा तपाईँहरू माथि परिरहन्छ भन्ने ज्योतिषिय मान्यता छ ।

प्रतिक्रिया

लेखकको बारेमा