+
Search

ताजा अपडेट +

पपुलर +

टि २० विश्वकपका मुख्य प्रशिक्षक फिल सिमन्सले दिए राजीनामा

अरुणा ढकाल
२०७९ कार्तिक ८, मंगलवार

काठमाडौँ । दुई पटकको च्याम्पियन वेस्टइन्डिज आइसिसी टि २० विश्वकपमा समूह चरणबाटै बाहिरिएपछि मुख्य प्रशिक्षक फिल सिमन्सले राजीनामा दिने भएका छन् । अष्ट्रेलियामा जारी टि२० विश्वकपमा वेस्टइन्डिज पहिलो चरणबाट बाहिरिएपछि सिमन्सले राजीनामा दिएका हुन् । सिमन्सले २०१५ मा वेस्टइन्डिजको मुख्य प्रशिक्षकको रुपमा काम गरेका थिए । २०१६ मा वेस्टइन्डिजले दोस्रो पटक टि२० विश्वकप उपाधि जित्दा सिमन्स नै टोलीका मुख्य प्रशिक्षक थिए ।

५९ वर्षीय सिमन्सले डिसेम्बरमा अष्ट्रेलियासँग नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म हुने दुई टेस्ट खेलपछि राजीनामा दिने भएका हुन् । वेस्टइन्डिज पहिलो चरणको समूह बी मा थियो । पहिलो खेलमै स्कटल्यान्डसँग ४२ रनले पराजित भएको थियो । दोस्रो खेलमा जिम्बावेलाई पराजित गरेपनि तेस्रो खेलमा आयरल्यान्डसँग ९ विकेटले पराजित हुँदै बाहिरिएको थियो ।

सिमन्सले २०१७ मा वेस्टइन्डिजको मुख्य प्रशिक्षकको रुपमा काम गरेका थिए । २०१९ को एकदिवसिय विश्वकपमा अफगानिस्तानले एक खेल पनि जित्न नसकेपछि त्यहाँबाट राजीनामा दिएका थिए । अक्टोबरमा वेस्टइन्डिजको मुख्य प्रशिक्षक पुन सम्हाल्लेका थिए । तर उनको कार्यकाल खराब रह्यो । पछिल्लो तीन वर्षमा वेस्टइन्डिजले लगातार खराब प्रदर्शन गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल