Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

दीपावलीमा करेन्ट लागेर दुई युवकको मृत्यु

Nanu Bhatta
२०७९ कार्तिक ८, मंगलवार

काठमाडौँ । करेन्ट लागेर जनकपुरधाममा दुई युवकको ज्यान गएको छ । दीपावलीको लागि घरमा विजुली बत्ती जोड्ने क्रममा करेन्ट लाग्दा दुई युवकको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका– ९ बेल्हीका १४ वर्षीय शिवराज यादव र जनकपुरधाम– २२ बसबिट्टीका १९ वर्षीय अमित मिश्र रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी दीपक क्षेत्रीले जानकारी दिए ।

प्रवक्ता क्षेत्रीका अनुसार मिश्रको सोमबार साँझ घटनास्थलमै मृत्यु भएको हो । आइतबार नै करेन्ट लागेर गम्भीर घाइते भएका यादवको सोमबार दिउँसो जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।दुवै शव पोष्टमार्टमपश्चात परिवारजनको जिम्मा लगाइएको डिएसपी श्रेत्रीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा