श्रीलंकामा ८ तमिल कैदीलाई आममाफी

काठमाडौँ । श्रीलंकामा लिबिरेसन टाइगर्स अफ तमिल इलम (एलटीटीइ) सँगको सम्बन्धको आरोपमा १० वर्षभन्दा बढी जेलमा बिताएका आठ तमिल कैदीहरूलाइ राष्ट्रपति रनिल विक्रमासिंगेले आममाफी दिएका छन् । संविधानको धारा ३४ अन्तर्गत प्रदान गरिएको माफी तमिल सांसदहरूको हस्तक्षेपको परिणाम स्वरूप आएको राष्ट्रपतिको विज्ञप्तिमा उल्लेख छ ।

दोषी ठहर भएका आठमध्ये ३ जनलाई पूर्वराष्ट्रपति चन्द्रिका बन्दरनायके कुमारतुंगाको हत्या प्रयासमा संलग्न रहेको जनाइएको छ । सन् १९९४ देखि २००५ सम्म राष्ट्रपति रहेकी कुमारतुंगाले उनीहरूलाई क्षमा दिन सहमति जनाएका थिइन ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्