काठमाडौं । नेपालको प्रतिनिधि सभाका लागि प्रदीप पौडेल नयाँ अनुहार हुन् । स्पष्ट विचार भएका कारण पछिल्लो समय नेपाली कांग्रेसमा मात्र नभएर नेपाली राजनीतिक वृत्तमा पौडेललाई रुचाउनेको संख्या बढ्दो छ । तिनै पौडेलले कुनै समय नरहरि आचार्यले जितेको काठमाडौं ५ को नेतृत्व सम्हाल्ने तयारी सुरु गरेका छन् । विचारमा आचार्यसँग निकट देखिने पौडेल अहिलेका मतदाताले चाहेका युवा अनुहार पनि हुन् ।
त्यस्तै, आम बौद्धिक वृत्तमा पौडेल भिजनसहितका नेता भएको टिप्पणी सुन्न सकिन्छ । यसले गर्दा उनलाई चुनावी प्रतिस्पर्धामा सहज हुने अनुमान गरिएको छ । काठमाडौं ५ मा उनका प्रतिस्पर्धी पोखरेल बारम्बार संसद पुगेका उम्मेदवार हुन् । पोखरेल बारम्बार सांसद भएर पनि उल्लेख्य केही गर्न नसकेको आरोप यही क्षेत्रका मतदाताले समेत लगाउन थालेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले यसअघि २०७४ सालमा भएको प्रदेश सभा निर्वाचनमा जम्मा पाँच मतले पराजय भोग्नुप¥यो । त्यसको बदला लिन उनी तनहुँबाट यसपटक प्रतिनिधि सभामा ‘इन्ट्री’ गर्न चाहन्थे । नेपाली कांग्रेसले सत्तारुढ गठबन्धनका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ५ बाट उनलाई उम्मेदवार बनाएर प्रतिनिधि सभामा धमाकेदार प्रवेश गर्ने उनको चाहनालाई बलियो बनाएको छ । पछिल्लो समय चुनावी घरदैलोमा आक्रामक रुपमा लागिरहेका पौडेलले काठमाडौं ५ मा आफ्नो जित सुनिश्चित भएकोसमेत अनुमान गरिसकेका छन् ।
उनीसँग यो क्षेत्रमा प्रतिस्पर्धामा छन्, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल । त्यस्तै, स्वतन्त्रबाट यो क्षेत्रमा उम्मेदवारी दिएकी रन्जु दर्शनाको पनि चर्चा बढ्दो छ । काठमाडौं–५ नेपालकै राजधानी काठमाडौं र काठमाडौंको पनि विशेष क्षेत्र भएको भन्दै पौडेलले ‘बिसिडी’ अर्थात् ‘स्टप ब्रेन ड्रेन, फाइट एगेन्स्ट करप्सन र सस्टेनेबल डेभलेपमेन्ट’को मोेडल पनि सार्वजनिक गरिसकेका छन् ।
प्रतिक्रिया