काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टिका प्रतिनिधि सभा सदस्य उमेद्वारहरुले गोरखामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । आज गोरखा नगरपालिकाको केहि वडाहरूका मतदातासँग भेट्घाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो ।
चुनाव नजिकिए संगै राष्ट्रिय स्वतन्त्र पार्टिका उम्मेद्बारहरुको घरदैलो कार्यक्रम पनि बाक्लिएको छ । यस्तै गोरखा क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेद्बारी दिएका सुवर्ण रोका क्षेत्री पनि अहिले घरदैलो कार्यक्रममा व्यस्त छन् । उनले मतदातासंग मन जे जहाँ भएपनि यसपटक देशको लागि आफ्नो मत परिवर्तन गर्न आग्रह गरे ।
प्रतिक्रिया