काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनको एकमात्रै उद्देश्य एमाले सिद्धाउने मात्रै रहेको बताएका छन्।काठमाडौंमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष पोखरेलले गठबन्धनको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेको र एमाले सिद्धाउन मात्रै ध्यान केन्द्रीत रहेको बताएका हुन्।
एमालेको उद्देश्य राजनीतिक स्थायीत्व, मुलुकको विकास र हित मात्रै रहेकाले जनताले विश्वास गर्ने उनको भनाइ छ । नीतिहित, सिद्धान्तहिन र अस्थीरता सिर्जना गर्नेलाई पाखा लगाएर मुलुकलाई विकासको बाटोमा अघि बढाउनुपर्ने पोखरेलले बताए ।
त्यस्तै पोखरेलले तिहार लगतै एमालेले पार्टीको घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिए। घोषणापत्रमा यसअघि एमाले सरकारले गरेका काम र भावी योजनाहरु तालिकाबद्ध रुपमा आउने उनले बताए।
प्रतिक्रिया