काठमाडौं । झन्डै चारवर्षे कार्यकाल पूरा गरी चिनियाँ राजदूत होउ यान्छी स्वदेश फर्केकी छिन । उनी मंगलबार बिहान ९ बजे हिमालय एयर बाट काठमाडौं कुन्मिङ उडानबाट स्वदेश फर्केकी हुन ।
सन् २०१८ डिसेम्बरमा उनी नेपालका लागि राजदूत बनेर आएकी थिइन् । उनी राजदूत बनेर नेपाल आएपछि सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको ऐतिहासिक राजकीय भ्रमण गरेका थिए ।
राजदूत होउ चार वर्षे कार्यकाल पूरा गरी आज स्वदेश फर्केकी हुन् । चीन फर्किनु अघि उनले नेपालका प्रधानमन्त्री, राष्ट्रपति, परराष्ट्रमन्त्री, सभामुख र प्रमुख राजनीतिक दलका नेताहरूसग भेट् गरेकी थिइन् ।राजदूत होउलाई चीनले बढुवा गरी दक्षिण पूर्व एसियाली राष्ट्रहरूको संगठन एसोसिएसन अफ साउथ इस्ट एसिएन नेसन्स आसियान क्षेत्रको राजदूतको रुपमा पठाउन लागेको छ ।
राजदूत होउ फर्केसँगै नयाँ राजदूतमा को आउने भन्नेबारे चीनले निर्णय गरिसकेको छैन । उनले सामाजिक सञ्जाल टिवट्टरमा भनेकी छिन् ‘कार्यकाल पूरा गरेर म मैत्रीपूर्ण र सुन्दर छिमेकी नेपाल छाडेर जाँदैछु। सम्पूर्ण नेपाली मित्रहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु, नेपालमा रहँदा जीवनका सबै क्षेत्रका साथीहरूसँग गाँसिएको गहिरो मित्रताको म सधैं कदर गर्नेछु ।’
प्रतिक्रिया