
उम्मेदवारले कति वटा सम्पर्क कार्यालय खोल्न पाउने यस्तो छ आयोगको निर्देशन
काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य पदका प्रत्यक्षतर्फका उम्मेदवारले बढीमा तीन वटा सम्पर्क कार्यालय खोल्न पाउने भएका छन्।
निर्वाचन आयोगले मंगलबार जारी गरेको सात बुँदे निर्देशनअनुसार प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवारले तीनभन्दा बढी कार्यालय खोल्न पाउने छैनन्। यस्तै प्रदेशसभा सदस्य पदका उम्मेदवारले एउटा मात्रै सम्पर्क कार्यालय खोल्न पाउनेछन्।
प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य समानुपातिकतर्फ बन्दसूचीमा उम्मेदवारी पेश गरेका दलले पनि प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्रमा एउटा मात्रै सम्पर्क कार्यालय खोल्न पाउने आयोगले जनाएको छ।
