Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

विवेकशील साझा सकिएको छैन : बास्कोटा

Nanu Bhatta
२०७९ कार्तिक ८, मंगलवार

काठमाण्डौ । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले विवेकशील साझा सकियो भन्ने भ्रमपूर्ण प्रचार गरिएको बताउनुभएको छ । आज मङ्गलवार ललितपुरमा आयोजित पत्रकार सम्मेलन तथा चुनावी प्रतिवद्धता सार्वजनिक तथा उम्मेदवार अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष बास्कोटाले चुनावको मुखमा पार्टीमा केही उथलपुथलका गतिविधि भए पनि पार्टी अझै सशक्त भएर चुनावमा लागेको दाबी गर्नुभयो । उहाँले पार्टीले आउँदो प्रतिनिधि र प्रदेश सभा सदस्य चुनावमा समानुपातिकतर्फ सातै प्रदेशमा उम्मेदवारी दिएकाले सबै मतदाताले पार्टीलाई जिताउन सहयोग गर्ने अपेक्षा राखेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बाहिर सामाजिक सञ्जाल र मिडियामा विवेकशील साझा सकियो भन्ने आउँछ, यिनी कतै केही छैनन् भन्ने छ । तर त्यस्तो होइन, विवेकशील साझा सकिएको छैन । चुनावको मुखमा पार्टीमा उथलपुथल भयो, हामी विवेकशील साझा चुनाव चिह्न तराजु लिएर मैदानमा आएका छौँ । सातै प्रदेशमा समानुपातिकका उम्मेदवार छौँ । हामी पाँच वर्षमा आत्तिएका छैनौँ, थाकेका छैनौँ । यो यात्रा निरन्तर अघि बढिरहन्छ । हामीले गर्न चाहेको राजनीति मङ्सिर ४ पछि सकिएर जाने खालको होइन । अहिलेको स्वतन्त्र उम्मेदवारी यो विवेकशील साझाले २०७४ मा रोपेको फल हो । यसको श्रेय विवेकशील साझालाई जान्छ । अब यो देश बदल्नुपर्छ । व्यवस्था होइन, अवस्था बदल्न विवेकशील साझा आएको छ ।’

प्रतिक्रिया

लेखकको बारेमा