प्रहरीद्वारा १५ लाखको पटाका नष्ट

काठमाडौँ । भारतीय बजारबाट लुकाएर नेपाल भित्र्याएका पटाका (विस्फोटक पदार्थ) बरामद गरेको छ। बरामद गरिएको पटाका सिरहा प्रहरीले जनप्रतिनिधि र सञ्चारकर्मीको रोहबरमा नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहामा मंगलबार खाल्टो खनी करिब १५ लाख बराबरको पटाका नष्ट गरिएको हो।

” बजार र सीमा क्षेत्रमा कडाई गरिएको छ, ” एसपी अर्जनु तिमल्सिनाले भने, ” सम्भावित घटनाहरूबाट बच्नलाई विस्फोटक पदार्थ पड्काउन रोक लगाएका छौँ।” यसैगरी सशस्त्र प्रहरी सिरहाले पनि ७ लाख रुपैयाँ बराबरको पटाका बरामद गरी नष्ट गरेको छ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्