Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

तिहारका बेला पनि भोट माग्दै गृहमन्त्री खाण

Nanu Bhatta
२०७९ कार्तिक ८, मंगलवार

रूपन्देही। गृहमन्त्री बालकृष्ण खाण तिहारका बेला पनि आफ्नो निर्वाचन क्षेत्र रुपन्देही ३ मा भोट माग्नमा केन्द्रित देखिएका छन्।

यसअघिका निर्वाचनमा मतदातासमक्ष त्यति धेरै नपुगेका उनी अहिले सानादेखि ठूला व्यापारी व्यवसायीका घरघरमा पुग्ने गरेका छन्।

उनी दिनहुँजसो भैरहवा क्षेत्रमा मतदाताकहाँ पुग्ने गरेका छन्। खाँणलाई लोसपाका प्रदेश सभा सदस्यका उम्मेदवार बनेका सन्तोस पाण्डेले साथ दिइरहेका छन्।

स्थानीय व्यवसायी रामनाथ गुप्ताले अहिलेसम्म गृहमन्त्री आफ्नो घर पसलमा यसरी भोट माग्न नआएको बताए। उहाँ धेरैपटक ठूल्ठूला ओेहोदामा पुग्नु भयो, तर अहिले जसरी भोट माग्न आउनु भएको थिएन। तर, अहिले भने आउनु भएको छ,’ उनले भने।

प्रतिक्रिया

लेखकको बारेमा