काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाका सञ्चार विज्ञ (प्रेस सल्लाहकार) गोविन्द परियारको नाम समानुपातिकको बन्दसूचीबाट हटाएको छ । नेपाली काँग्रेसले प्रतिनिधिसभातर्फको बन्दसूचीमा समावेश गरेका परियार विरुद्ध आयोगमा उजुरी परेको थियो ।
परियार नेपाल सरकारको लाभको पद (प्रधानमन्त्रीको प्रेस सल्लाहकार) धारण गरेकाले उनको नाम बन्दसूचीमा रहेकोमा आवश्यक कारबाही गरिपाऊँ भन्दै कविता नेपालीले उनी विरुद्ध उजुरी गरेकी थिइन ।
नेपाली काँग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूची पेश गर्दा दलिततर्फको चौथो नम्बरमा परियारको नाम समावेश गरेको थियो ।
प्रतिक्रिया