काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री नेता डा. बाबुराम भट्टराईको राजनीतिक यात्रा अस्थिर भएपनि उनले राजनीति क्षेत्रमा एउटा पृथक नाउँ र ठाउँ ओगटेका छन्।
सोमबार बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई राजधानीमा सम्बोधन गर्दै उनले विगतका तीतामीठा कुरालाई बिर्सेर गठबन्धनको साझा मुद्दालाई लिएर अगाडि बढ्न आग्रह गरेका हुन् ।
हिजाका चोट र हिजाका तितोपनालाई बिर्सेर र अहिलेको गठबन्धनको मिठास पनलाई अंगालेर गठबन्धनलाई जिताउन लागि पर्नु पर्ने बताएका छन्।
भट्टराईले कार्यक्रममा भनेका छन् – ‘चर्को घामले सताइरहेका वेला हँसिया बोक्ने किसान, हथौडा बोक्ने मजदुर र कलम समात्ने बुद्धिजीवी एउटा ठूलो रुखको छायाँमा बसेर कपमा चिया खाँदा जुन आनन्द आउँछ, त्यसलाई सम्झिएर आफ्नो चिन्ह छान्दै भोट हाल्नुहुनेछ भन्ने विश्वास लिएको छु । ’
उनले सत्ता गठबन्धनसँग एमाले गठबन्धनको तुलना गर्न नमिल्ने बताएका छन्। एमाले गठबन्धन तुच्छ गठबन्धन रहेको भट्टराई बताउँछन्।एमाले गठबन्धनले लामो संघर्षपछी प्राप्त गरेको संघीय गणतन्त्रलाई धरापमा पार्न खोजेको आरोप समेत भट्टराइले लगाउन भ्याउनु भएको छ।देशको रक्षा र प्रतिगमनलाई हराउन जनताहरु एक भए मात्रै सम्भव रहेको कुरा पनि बताउनु बताए ।
प्रतिक्रिया