+
Search

ताजा अपडेट +

पपुलर +

आज यमपञ्चकको चौथो दिन, गोवर्द्धन पूजा

Nanu Bhatta
२०७९ कार्तिक ९, बुधबार

काठमाडौँ । यमपञ्चकको चौथो दिन अर्थात् कात्तिक शुक्ल प्रतिपदाको दिन आज गोवद्र्धन पूजा गरिँदै छ । साथै आजै बलि, गोरु त्था कृषकको पनि पूजा गरिँदै छ ।

द्वापरयुगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचालेर गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झना गर्दै आज गोवद्र्धन पूजा गर्ने गरिएको विश्वास छ । आज आँगनमा लिपपोत गरेर गाईको गोबरको पर्वत बनाएर त्यसलाई गोवद्र्धन पूजा गर्ने चलन रहेको छ ।

आजकै दिन बलि राजाको सम्झनास्वरुप पनि पूजा गर्ने गरिन्छ । आजकै दिन गोरुको पनि पूजा गर्ने गरिन्छ । गोरुले वर्षभरि जोतेर खाद्यान्न दिने भएकाले उसको पूजा गर्ने गरिएको र भगवान महादेवको साँढेका रुपमा पनि गोरुको पूजा गर्ने परम्परा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा