+
Search

ताजा अपडेट +

पपुलर +

गोरखा अस्पतालमा चिकित्सक माथी आक्रमण गर्ने दोषीलाई कारवाही नगरे आन्दोलन गर्ने

Nanu Bhatta
२०७९ कार्तिक ९, बुधबार

गोरखा । नेपालमा विभिन्न अस्पतालमा तोडफोड र चिकित्सक माथी हातपात हुँदै आएको खबर हामी दिनहुँ जस्तो सुन्दै गरेका छौ।

यस्तै पछिल्लो समय गोरखा अस्पतालमा पनि बिरामीको आफन्तले चिकित्सक माथी हातपात गरेका छन्।

आइतबार दिउँसो साँढे चार बजेतिर बिरामीको चेकजाँच गरिरहेका डाक्टर अविनाश पराजुलीमाथि कुटपिट गरेको स्वास्थ्यकर्मी चिजकुमार श्रेष्ठले गोरखा सन्देशलाई जानकारी दिए ।

भगवानको रुप मानिने चिकित्सक माथी नै अराजकता तरिकाले ओपिडीभित्र प्रवेश गरेर पराजुलीमाथी हातपात गरेका थिए।

गोरखा अस्पतालमा कार्यरत चिकित्सक अविनाश पराजुली माथी आक्रमण गर्ने समूहलाई कारवाही नभए अस्पतालमा काम गर्ने कर्मचारीहरुले आन्दोलन गर्ने घोषणा गरेका छन्।

चिकित्सकलाई हातपात गर्ने समूहलाई कारवाही नभए चरणबद्व आन्दोलन उत्रिने कर्मचारीहरुले प्रेस विज्ञप्ति मार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।

अस्पतालमा कार्यरत कर्मचारीहरुको सोमबार बिहान बसेको बैठकले उक्त निर्णय गर्दै ‘आफ्नो कार्यकक्षमा सेवाग्राहीको सेवाका लागि खटिएको चिकित्सक माथि आक्रमण हुदा अस्पतालमा सम्पूर्ण कर्मचारीहरुले असुरक्षित महशुस गरेका छौ’ भन्दै ‘प्रदेशकै एउटा नमूना अस्पताल बनाउन लागेका हामी सबै कर्मचारीहरुको मनोबल गिरेको छ । हामी दिन रात चाडपर्व नभनी हाम्रो हैसियतले भ्याएसम्म सेवा प्रदान गर्दै आएको’ विज्ञप्तिमाभनिएको छ ।

प्रहरीको अनुसार  भने दोषी पहिचान भईसाकेको तर उनीहरु फरार भएका कारण पक्राउ गर्न सफल नभएको भन्दै दोषीलाई यतिबेला कारबाहीको दाहाराभित्र ल्याउन नसकेको भनाई छ।

दोषीलाई कानूनी कडघरामा ल्याउने र कानूनी कारवाही गरेरै छाड्ने जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक केदार खनालले बताए ।

उनले दोषीलाई पक्राउ गर्न सिभिल ड्रेसमा समेत प्रहरी परिचालन गरिएको जानकारी दिदै चिकित्सक र कर्मचारीलाई निर्धक्क भएर स्वास्थ्य सेवा प्रदान गर्न आग्रह गरेका छन्। प्रहरीको सकारात्मक जवाफले कर्मचारीहरुलाई केही राहत मिलेको छ।

प्रतिक्रिया

लेखकको बारेमा