+
Search

ताजा अपडेट +

पपुलर +

चेल्सी च्याम्पियन्स लिगको अन्तिम १६ मा

अरुणा ढकाल
२०७९ कार्तिक ९, बुधबार

काठमाडौं । इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।

मंगलबार राति आरबी साल्जवर्गलाई २-१ गोलको नतिजामा पराजित गर्दै समूह ‘ई’को विजेताको हैसियतले चेल्सि अन्तिम १६ पुगेको हो ।

खेलको २३ औं मिनेटमा माटिओ कोभासिसले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा चेल्सीले अग्रता बनाएपनि साल्जवर्गका जुनियर आदामुले ४८ औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

काई हार्भेट्सले ६४औं मिनेटमा गोल गर्दै चेल्सीलाई पुनः अग्रता दिलाएका थिए । जुन जितका लागि पर्याप्त बन्यो ।

जितसँगै चेल्सी पाँच खेलबाट १० अंकसहित तालिकाको हिर्ष स्थानमा छ । दोस्रो स्थानको एसी मिलानको ७ अंक छ । पराजित साल्जवर्ग ६ अंकसहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल