+
Search

ताजा अपडेट +

पपुलर +

रियल मड्रिडको हार

Nanu Bhatta
२०७९ कार्तिक ९, बुधबार

काठमाडौं  साविक विजेता रियल मड्रिडले च्याम्पियन्स लिगअन्तर्गत समूह एफको विजेता बन्न अन्तिम खेलको नतिजा कुर्नु पर्ने भएको छ । मंगलबार राति रियल आरबी लाइपजिकसँग ३ _ २ ले निराश भएको थियो ।

समूह एफमा पाँच खेलमा शीर्ष स्थानको रियलको १० अंक छ भने समान खेलमा दोस्रो स्थानको लाइपजिकको नौ अंक रहेको छ । तेस्रो स्थानको सख्तर डोनेक्सको ६ र चौथो स्थानको सेल्टिकको मात्र दुई अंक छ ।

समूहको अन्तिम खेलमा रियलले सेल्टिकको सामना गर्नेछ । सो खेल जितेमा रियाल समूह विजेता बन्ने छ । यस समूहबाट रियल यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेको छ । लाइपजिकलाई नकआउट चरणमा स्थान बनाउन तेस्रो स्थानको सख्तर डोनेक्ससँग हार टार्नु पर्ने हुन्छ ।

१३औं मिनेटमा जोस्को जिभारडियोलको गोलमा रियलले लाइपजिकले अग्रता लिएको थियो । १८औं मिनेटमा एनकुन्कुले गरेको गोलमा लाइपजिकले अग्रता दोब्बर पारेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा