+
Search

ताजा अपडेट +

पपुलर +

तिहारमा महंगीको मारमा हिमाली जिल्लाका बासिन्दा

Nanu Bhatta
२०७९ कार्तिक ९, बुधबार

काठमाडौँ । असोज तेस्रो साता आएको अविरल वर्षापछिको बाढी र पहिराले लामो समयसम्म सडक बन्द हुँदा हिमाली जिल्लाको बजार मूल्य आकाशिएको छ ।

सडक अवरुद्ध भएको २० दिनपछि मात्र कात्तिक ८ गते मङ्गलबार कर्णाली राजमार्ग खुलेको छ । राजमार्ग त खुलेको छ तर सबै सवारी साधन सहजै आवतजावत हुन सकेका छैनन् ।

सडकको अवस्था अत्यन्तै जोखिमपूर्ण रहेकाले आवश्यक उपभोग्य समानको आयात सहज बन्न सकेको छैन । अवरुद्ध राजमार्गलाई देखाएर मनोमानी तरिकाले बढाइएको उपभोग्य वस्तुको मूल्य व्यापारीले कायमै राख्दा उपभोक्ता मर्कामा परेका छन् ।

उपभोक्ता चामल, दाल, तेल, चिनी, मैदालगायत वस्तु महँगोमा मूल्य किन्न बाध्य छन् । सडक अवरुद्ध हुनुअघि प्रतिकिलो ७० मा पर्ने मैदा यतिबेला प्रतिकिलो रु १६० मा बिक्री हुँदै छ । सेल रोटी हाल्नका लागि तिहारको मुखमा प्रतिकिलो १६० हालेर पनि मैदा किन्न नपाइएको जुम्लाको चन्दननाथ नगरपालिका–७ की सम्झना महतले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा