Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

बसको ढोकाबाट खसेर सहचालकको मृत्यु

Nanu Bhatta
२०७९ कार्तिक ९, बुधबार

काठमाडौँ । जिल्लाको शिवराज नगरपालिका १ उमरीमा बसको ढोकाबाट खसेर सहचालकको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४७०४ नम्बरको बसको ढोकाबाट ४२ वर्षीय परिचालक सुधिर न्यौपाने बुधबार विहान पौने ८ बजे खसेका थिए।

सडकमा खसेका न्यौपानेलाई सोही बसको पछाडिको चक्का किचेको थियो। चन्द्रौटा स्थित संजिवनी सामुदायिक अस्पतालमा उपचारको क्रममा न्यौपानेको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तुले जनाएको छ।

बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा